Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख र प्रधानमन्त्री देउवाबीच भेटवार्ता


    आइतबार, असार २६ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

    चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका हुन् ।

    प्रधानमन्त्रीनिवास बालुवाटारमा आज उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुईपक्षीय आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    विदेश विभाग प्रमुख लिउ चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका हुन् । उनले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार