काठमाडौं । काठमाडौंमा आइतबारदेखि दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। २६ र २७ असारमा काठमाडौंको पशुपति क्षेत्रमा हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
राप्रपा नेपाल आवद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
जगतगुरु १००८ स्वामी बालसन्त मोहनशरण देवाचार्यलगायत धार्मिक व्यत्विहरूबाट सम्मेलन उद्घाटन हुनेछ । उद्घाटन सत्रमा ॐ कार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैनलगायत सम्प्रदायका अगुवालगायत विभिन्न जिल्लाका धार्मिक प्रतिनिधि सहभागी हुनेछन् भने बन्द सत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा. जगमान गुरुङ, डा. चन्द्रकुमार शेर्मा, मोहन रुम्बा लामा, धार्मिक अध्येता डा. निर्मला पोखरेल, लेखक विनु पोखरेल, डा. विष्णु भण्डारीले विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सम्मेलनले नेपालमा बढीरहेको धर्मान्तरलाई रोक्ने र हिन्दुराष्ट्रको रुपमा पुनर्स्थापना गर्ने मार्गचित्र तयार गर्ने राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । आयोजक संस्था राष्ट्रिय सनातन धर्म संस्कृति महासंघका अध्यक्ष ज्योतिष पण्डित सुजन अधिकारीले सम्मेलनमा विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधि, विभिन्न जिल्लाका प्रतिनिधि, हिन्दुत्व अभियानमा जोडिएका धार्मिक अगुवाहरू, लेखक, बुद्धिजीवी, ॐ कार परिवारसँग आवद्ध व्यक्तित्वहरू सहभाही हुनेछन् ।
आयोजक समितिको शनिवार बिहान बसेको बैठकले पार्टी अध्यक्ष कमल थापालाई अन्तिम तयारी बारे जानकारी दिएको र थापाले व्यवस्थित र प्रभावकारी रुपमा कार्यक्रम सम्पन्न गर्न निर्देशन दिएको ज्योतिष सुनज अधिकारीले बताए । बैठकमा धार्मिक संगठनसँगै पार्टीका पदाधिकारीहरूको समेत उपस्थिति थियो ।न्युज कारखाना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend