Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी स्थायी समितिको बैठक जारी


    शनिबार, असार २५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा बसिरहेको छ । माओवादीले स्थायी समिति गठनपछि पहिलो पटक बैठक बोलाएको हो । यसअघि प्रचण्ड निवास खुमलटारमा बस्ने भनिएको बैठक अन्तिम समयमा पार्टी कार्यालय पेरिसडाँडामै बसेको हो । 

    माओवादीले राष्ट्रिय महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठन गर्न सकेको थिएन । बिहीबार सम्पन्न केन्द्रीय समितिबाट माओवादीले ४१ सदस्यीय स्थायी कमिटी गठन गरेको थियो । माओवादीले १२५ सदस्यीय पोलिटब्यूरो पनि गठन गरेको छ । तर पदाधिकारी चयन टुंगिन सकेको छैन । आजको बैठकमा बाँकी पदाधिकारी चयनका विषयमा पनि बैठकमा छलफल हुनेछ । 

     स्थायी समिति बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवाद, जनवर्र्गीय संगठनको पूर्णतालगायतका विषयमा छलफल हुनेछ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार