Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मकवानपुरमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु


    आइतबार, असार १९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ स्थित धरान चतरा सडकखण्डमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना भएको छ । हेटौंडा–सिन्धुली सडकखण्ड अन्तर्गत बागमती–७ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

    आइतबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा बागमती–९, बेतिनीबाट दुलही लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना ६ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको स्थानीयको भनाई रहेको छ ।

    दुर्घटनामा एक बालिकाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाहरुको हेटौंडास्थित सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार