काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा सेल मध्य सेल वानमा फोहोर विसर्जन गर्ने कार्य सुरु भइसकेको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी विकास तथा भवन निर्माण विभागले ल्याण्डफिल साइट निर्माण गरेको हो । विभागले सेल वानलाई फोहोर विसर्जन मिल्ने गरी हस्तान्तरण गरिसकेको छ भने सेल टुको काम अन्तिम चरणमा पुर्याएको छ ।
विभागले निर्माण सम्पन्न गरेर पनि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्नेछ । तर, काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहले पनि आयोजना सञ्चालन गर्ने विषयमा आयोजित कार्यक्रमप्रति नै बेवास्ता गरेका छन् । साहकै आग्रहमा सहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको ल्याण्डफिल साइटबाट बगेको लिचेट प्रशोधनपश्चात् प्रयोग गर्न सकिने प्रविधि प्रयोग कार्यक्रममा अनुपस्थित भएका हुन् ।
नगरप्रमुख साहकै आग्रह गरिएको कार्यक्रममा सहभागी नभए पनि बन्चरेडाँडा ल्याण्डफिल साइटबाट संकलित लिच्चड प्रशोधनमार्फत प्रयोग गर्न सकिने गरी परीक्षण सफल भएको बन्चरेडाँडा ल्याण्डफिल साइट आयोजनाले बताएको छ ।
बन्चरेडाँडा ल्याण्डफिल साइटको दुई वटा सेलमा विसर्जन गरिने फोहोरबाट निस्कने दूषित पदार्थ (लिच्चड) जम्मा गर्नको लागि २० हजार घनमिटर क्षमताको दुई वटा ट्याङकी निर्माण गरिएको छ । पोखरीमा जम्मा भएको लिच्चडलाई सदुपयोग गर्न सकिने गरी प्रविधिको प्रदर्शनी गरिएको बन्चरेडाडाँ ल्याण्डफिल साइटका आयोजना निर्देशक रवीन्द्र बोहराले बताए ।
उनका अनुसार उक्त लिच्चड शोधनपछि माछा पालनका लागि समेत प्रयोग गर्न सकिने छ । बोहराले भने,‘बन्चरेडाडाँ ल्याण्डफिल साइटमा फोहोर फाल्न थालेपछि त्यहाँ उत्पन्न लिच्चडले २० हजार घनमिटर ट्यांकी भरिएको छ । यसलाई प्रशोधित गरी सदुपयोग गर्न सकिन्छ भनेर प्रदर्शनी आयोजना गरिएको हो ।’
गत बिहीबार सहरी विकास मन्त्री मेटमणि चौधरी सहित मन्त्रालयमा भएको कार्यक्रममा लिच्चड व्यवस्थापनको प्रविधिको बारे जानकारी लिँदै मेयर बालेन्द्र साहले प्रदर्शनी आयोजना गर्न आग्रह गरेका थिए । आयोजनाले ल्याण्डफिल साइटलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न आयोजित प्रदर्शनी कार्यक्रम साह अनुपस्थित हुँदा डिजाइन अनुसार फोहोर विसर्जन हुनेमा आशंका व्यक्त गरेको छ ।
प्रविधि प्रदर्शनी गर्न लगाएर आफै नआउँदा उक्त प्रविधिको कार्यान्वयन नै अलपत्र परेको हो । उक्त प्रविधि प्रदर्शनीका लागि भारतको चेन्नेइबाट विज्ञ टोली समेत डाकिएको थियो । उक्त प्रविधि प्रयोग महानगरले लिच्चड व्यवस्थापन गरेको अवस्थामा आर्थिक दायित्व दायित्व महानगरले नै व्यहोर्नु पर्ने छ ।
यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्न लगाएर आफै उपस्थित नहुँदा मन्त्रालय र विज्ञले भने चित्त दुखाएका छन् । बालेन्द्रले कार्यक्रम आयोजना गर्न लगाएर झण्डै ६ घण्टा कुर्दा पनि पनि नआएको मन्त्रालयको टोली र विज्ञ टोली खिन्न बनेको थियो ।
शनिबार स्वास्थ्य, वातावरण र जलवायु फाउन्डेसनले बन्चरेडाडाँको लिच्चड संकट र प्रशोधन गरी प्रयोग गर्न योग्य बनाएको थियो । फाउन्डेसनका निर्देशक महेश नकर्मीले यसअघि संस्थाले थुप्रै अस्पतालको लिचेट समेत प्रशोधन गरी प्रयोगयोग्य बनाइसकेको जानकारी दिए । उनले काठमाडौं महानगरपालिकाले प्रविधि प्रयोग गर्न चाहे नेपालमा मेशिन भित्र्याइने जनाकारी दिए । न्युज कारखाना
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend