Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं र अपराध अनुसन्धानको एसएसपीका लागि चर्को दौड, तीन एसएसपीबीच प्रतिस्पर्धा


    आइतबार, असार १९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका रिक्त प्रमुख पदमा सरुवाका लागि प्रहरीका एसएसपीहरुको तीव्र दौडधूप सुरु भएको छ ।

     प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरी र अपराध अनुसन्धान कार्यालयका बसन्त कुँवर डीआइजी बढुवा भएपछि रिक्त पदमा जानका लागि तीव्र दौडधूप सुरु भएको हो ।

    काठमाडौं परिसरको प्रमुखका लागि  भरत बोहरा, कुवेर कडायत र बिष्णुकुमार केसी लागेका छन् । उनीहरुले बालुवाटारदेखि गृहमन्त्रालयसम्म पहुँच भएकाहरुलाई पनि उपयोग गर्दैआएका छन् ।  बोहरा, कडायत र केसी सकेसम्म परिसरमा सरुवा हुने र नभए अपराध अनुसन्धान कार्यालयमा हुने योजनामा लागेका छन् । एसएसपी केसी भने पूर्वडीआइजी तथा एमाले सांसद नवराज सिलवालका बहिनीज्वाई हुन् । 

    यी एसएसपी डीआइजी बढु्वामा परेनन् । एसएसपीमा जुनियर अशोक सिंह भने डीआइजी बढुवामा परेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार