Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानसेनापति र इण्डोनेसियाका गैर–आवासीय राजदूतबीच भेटघाट


    शुक्रबार, जेष्ठ २७ २०७९
    805
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालको लागि इण्डोनेसियाका गैर–आवासीय राजदूत हेरु हार्टएन्टो सुबोलोले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । 

    सैनिक मुख्यालय जंगी अड्डा पुगी उनले आज प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । 

    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । 

    ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ,’ सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार