बैतडी। जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा गठबन्धनबाट कांग्रेसका खगेन्द्रसिंह धामी विजयी भएका हुन् । उपप्रमुखमा गठबन्धनबाटै माओवादी केन्द्रका दमन कुँवर वियजी भए ।
प्रमुखमा धामीले १२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मोहनबहादुर थापाले आठ मत प्राप्त गरे । उपप्रमुखमा माओवादी केन्द्रका कुँवरले १० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी एमालेका हेमा भट्टले आठ मत प्राप्त गरिन् । उपप्रमुखमा दुई मत बदर भयाे ।
जिल्ला समन्वय समिति बैतडीको नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएको थियाे । एमाले भने एक्लै चुनाव लडेको हो ।
समन्वय समितिका सदस्यहरूमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रका प्रेमसिंह भाट विजयी भएका छन् ।
यस्तै तीन महिला सदस्यमा नेपाली कांग्रेसकी यशोदा चन्द, हरु नेपाली र माओवादी केन्द्रका निर्मला भट्ट विजयी भएकी छन् । एकजना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी भए । नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीलाई मंगलबार बिहान ११ बजे पद तथा गोपनीयता शपथ ग्रहण गराउने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend