Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सम्पति विवरण सार्वजनिक नगरी चार मन्त्री विदा


    सोमबार, जेष्ठ २३ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जेठ । पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नै नगरी बाहिरिने भएका छन् ।

    मन्त्री नियुक्त भए लगत्तै सम्पति विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा सरकारका चार मन्त्री आफ्नो जिम्मेवारीबाट बाहिरिने भएका हुन् । 

    जसअनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री कृष्णकुमार श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री रहेका छन् । 

    यसअघि सरकारका सबै मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्दै आए पनि प्रधानमन्त्री देउवाले पटकपटक मन्त्रीमण्डल हेरफेर गर्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगरेर नयाँ रेकर्ड कायम गरेका छन् ।

    नेकपा (एस)ले चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङलाई बढुवा गर्दै फुल मन्त्री बनाएर सोही मन्त्रालयको जिम्मेवार दिइएको छ ।

    सोही पार्टीका जीवनराम श्रेष्ठ पर्यटन मन्त्रालय, मेटमणि चौधरी शहरी विकास मन्त्रालय र शेरबहादुर कुँवरले श्रम मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने भएका छन् भने बढुवा भएका खापुङको स्वास्थ्य राज्य मन्त्रीको स्थानमा हिराचन्द्र केसीले जिम्मेवारी पाएका छन् ।

    देउवा सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मासहित नेकपा एसका पाँच जना मन्त्री रहेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार