Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची


    सोमबार, जेष्ठ २३ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आज बिहान ११ बस्दै छ । संसद्‍को ११औं अधिवेशन अन्तर्गत १६औं बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा  बस्ने संसद् सचिवालयले जनाएको छ।

    आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचि रहेको छ।

    यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०ले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
    विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ । 

    https://drive.google.com/file/d/14pFxOztdM-VjrE8YiujxaV5vma30qBM7/view?usp=sharing

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार