Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्यमन्त्री पाण्डेसँग मेयर बालेनले गरे भेटवार्ता


    आइतबार, जेष्ठ २२ २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आइतबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटवार्ता गरेका छन् । 

    आज आइतवार मुख्यमन्त्री पाण्डेको स्वयम्भूस्थित निवासमा पुगेर मेयर शाहले भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा उनले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका बताइएको छ।

    जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिएका छ्न्। मेयरमा निर्वाचित भएसँगै शाहले काठमाडौँ महानगरभित्रको फोहोर व्यवस्थापनलाई मुख्य प्राथमिकता राखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार