काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार– लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले बताए ।
बैठकमा निर्वाचनबारे जिल्ला जिल्लाबाट रिर्पोटिङ भइरहेको छ । बैठक शानिबारदेखि सुरु भएको हो । लोसपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा बोल्दै शनिबार स्थानीय निर्वाचन निष्पक्ष नभएको आरोप लगाएका थिए ।
पार्टीले सन्तोषजनक परिणाम निर्वाचनमा ल्याउन नसक्नुको कारण एकातिर निष्पक्ष निर्वाचन भएको र र पार्टी संगठन विस्तार गर्न कोरोनाका कारण सम्भव नभएको बताएका थिए ।
उनी नेतृत्वको लोसपा सरकारमा जाने चर्चा पनि चल्दै आएको छ । स्थानीय तहमा ठूलो भएको दल नेपाली कांग्रेससँग ‘लोकतान्त्रिक गठबन्धन’ बनाउन लोसपाले चाहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend