Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घनश्याम भूसालमाथि कारबाहीपछि पोखियो आक्रोशः पोखरा, भरतपुर र काठमाडौंमा पार्टी हराउनेलाई किन कारबाही नगर्ने ?


    आइतबार, जेष्ठ २२ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाहीको सिफारिस गरेपछि सामाजिक संजालमा बिरोध भएको छ । अध्यक्ष केपी शर्मा ओलीको पार्टी संचालन शैलीको बिरोध गर्ने नेता भूसाललाई आयोगले कारबाही सिफारिस गरेको छ । 

    भूसालले एक टेलिभिजन अन्तर्वार्तामा ओलीले गरेको प्रतिनिधिसभा बिघटनको बिरोध गरेका थिए । स्थानीय निर्वाचनको प्रारम्भिक परिणाम आउँदै गर्दा एमाले पराजित हुनुको कारण समीक्षा गर्ने क्रममा वाम एकतामा जोड दिएका थिए । उनले ओलीले पार्टीको अध्यक्षबाट राजीनामा दिएर वाम एकता गर्नुपर्ने बताएका थिए । एकता नभए नेपालमा कम्युनिष्टहरुको सत्यनाश हुने ठोकुवा गरेपछि रुष्ट भएका ओलीले अनुशासन आयोगमार्फत् उनलाई कारबाहीको डन्डा बर्षाउन सुरु गरेका छन् । एमालेको सौराहा महाधिवेशनमा देखिएको प्रवृत्तिदेखि संविधानबिपरीत संसद बिघटन हुँदा दीपावली गरेकोमा समेत बिरोध गरेका थिए ।  

    भूसाललाई अनुशासन आयोगले कारबाहीको सिफारिस गरेपछि एमालेका सचिव योगेश भट्टराईले अप्ठ्यारो बेलामा सबैले सम्हालिनुपर्नेमा जोड दिएका छन् । उनले लेखेका छन्–‘अप्ठ्यारो बेलामा सबैले सम्हालिनुपर्छ । आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्याउँदैन । फेरि पनि बादे बादे जायते तत्व बोध ।’

    भूसालमाथि कारबाहीबारे भट्टराईबाहेकका एमालेका अरु शीर्षनेताले भने सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका छैनन् ।

    पार्टीकै केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पोखराका वडामा एमालेलाई मत दिने, मेयरमा नदिनेहरुमाथि पनि कारबाही गर्न चुनौती दिएकी छन् । उनले सामाजिक संजालमा भुसाललाई कारबाही गरिएकोमा बिरोध गर्दैै लेखेकी छन्–अब  पोखराका वडामा पार्टीलाई भोट हाल्ने तर मेयरमा नहाल्ने , भरतपुरका वडामा भोट हाल्ने तर मेयरमा भोट नहाल्ने, काठमाडौंमा वडामा भोट हाल्ने तर मेयरमा नहाल्नेहरु सबैलाई स्पष्टीकरण  सोधौँ । ती सबै भोटरहरु (एमाले समर्थक) पनि ओलीको आलोचक न परे ।’

    तिमल्सिनाले पोखरामा चुनाव हराउने राजीव पहारीदेखि अन्य केन्द्रीय पदाधिकारीतिर पनि कारबाही गर्न चुनौती दिएको प्रष्ट बुझ्न सकिन्छ । काठमाडौं, पोखरा र भरतपुरमा एमालेले खटाएका केन्द्रीय पदाधिकारीमाथि पनि स्पष्टीकरण सोधिनुपर्ने आसय उनको देखिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार