Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन समीक्षा गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


    शनिबार, जेष्ठ २१ २०७९
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।  पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् । 

    उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ ।  ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन ।

    पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा (माओवादी (केन्द्र)बाट धोका भएको पार्टी अध्यक्ष माधवकुमार नेपालले अभिव्यक्ति दिँदै आएका छन् । तर, कांग्रेस– माओवादी धोका दिएको भन्‍ने स्वीकार्न तयार छैनन् ।  फाइल फोटो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार