ललितपुर । ललितपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूसहित ४४१ जनाको जमानत जफत भएको छ । स्थानीय तह निर्वाचनमा खसेको मतको १० प्रतिशत मत नपाउने ललितपुरमा ४४१ जना उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचन कार्यालय ललितपुरकी प्रमुख गोमा धमलाका अनुसार एक हजार ४१५ जनाको उम्मेदवारी परेकोमा ९६९ जना उम्मेदवारले जमानत जोगाउन सफल भए ।
जमानत जफत हुनेमा महाकाल अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भगिरथ तिमल्सिना, महांकालकै अध्यक्ष उम्मेदवार राजनप्रसाद बञ्जारा, ललितपुर महानगरका विवेकशील साझाबाट मेयरका अत्यासी उज्वलकृष्ण श्रेष्ठ, महानगरकै राप्रपाका प्रत्यासी अष्टबहादुर महर्जनलगायत छन् ।
निर्वाचन प्रमुख धमलाका अनुसार ललितपुर महनगरमा सर्वाधिक १७७ जनाको जमानत जफत भएको छ भने कोञ्ज्योसोम गाउँपालिकामा सात जनाको मात्रै जमानत जफत भयो ।
ललितपुर महानगरमा जमानत जफत हुनेहरू १७७ जना रहेका छन् । महानगरको राप्रपाबाट मेयरका प्रत्यासी अष्टबहादुर महर्जन र विवेकशील साझाका उज्वलकृष्ण श्रेष्ठसहित ११ जना मेयरका उम्मेदवारको जमनत जफत भयो । जमानत जफत हुने उपमेयरको उम्मेदवार सात जना छन् ।
महानगरमा ५८६ जनाको उम्मेदवारी परेको थियो भने ४०८ जनाको जमानत रकम फिर्ता हुने भएको छ ।
गोदावरी नगरपालिकामा भने १९ जना मेयरका उम्मेदवारसहित १३७ जनाको जमानत जफत भएको छ । जसमा राप्रपाबाट अध्यक्ष प्रत्यासी राजकुमार महर्जन, मालेबाट मंगले पहरी,मजदुर किसान पार्टीका विष्णुभक्त महर्जनलगायत १३ जना स्वतन्त्र उम्मेदवारको समेत जमानत जगफत भएको हो ।
गोदावरीमा जम्मा ३२३ जनाको उम्मेदवारी परेको थियो । यहाँ १८६ जनाले जमानत रकम पाउने भएका छन् ।
महालक्ष्मी नगरबाट जमानत जफत हुने ६९ जना छन् । यस नगरबाट पाँच जना मेयर र एक जना उपमेयर उम्मेदवारको जमानत जफत भयो । महालक्ष्मीमा २१९ जनाको उम्मेदवारी परेको थियो । १५९ जनाको जमानत जफत नभएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
महांकाल गाउँपालिकाबाट ३१ जनाको जमानत जफत भयो । यस गाँउपालिकाबाट जमानत जफत हुनेहरूमा एकीकृत माओवादीका भगिरथ तिमल्सिना, नेकपा एककृत समाजवादीका राजनप्रसाद बञ्जारालगायत ७ जना हरेका छन् । उपाध्यक्ष तर्फ भने जनाको मात्र जमानत जफत भयो । राप्रपा र एकीकृत समाजवादीका उम्मेदवारहरुको मात्रै जमानत जफत भयो ।
महांकालमा १०५ जनाको उम्मेदवारी परेकोमा ७५ जनाले प्रतिशत मत पाएपछि जमानत जोगाए । बागमती गाउँपलिकामा राप्रपाका अध्यक्ष उम्मेदवार सानु महर्जन महर्जनसहित २० जनाको जमानत जफत भएको छ । बागमती गाउँपालिकाबाट राप्रपाबाट अध्यक्षका उम्मेदवारले १९ मत पाए । यस गाउँपालिकाबाट स्वतन्त्रबाट अध्यक्षका उम्मेदवारहरु रविन घिमिरे, सविन बल, मनोज राना, राजेश कुमार सन्जेलको जमानत जगत भयो । बागमतीमा ९३ जनाको उम्मेदवारी परेकोमा ७२ जनाले जमानत जोगाउन फित भए ।
कोञ्ज्योसोमबाट जमानत जफत हुने ७ जना मात्र छन् । यहाँ राप्रपाका अध्यक्ष मानबहादुर तामाङ र उपाध्यक्ष निर्मला लामाको जमानत जफत भयो ।कोञ्ज्योसोममा ७९ जनाको उम्मेदवारी परेको थियो । यस पालिकामा ममानत जोगाउने ७० जना छन् ।
निर्वाचन कार्याल ललितपुरका अनुसार ९० दिनभित्र सम्पर्क गरे उम्मेदवारहरुले जमानत रकम फिर्ता पाउन सक्छन् । उम्मेदवारी दर्ताका क्रममा अध्यक्षले एक हजार ५ सय वडाध्यक्षले एक हजार र वडा सदस्यले ५ सय जमानत राखेर उम्मेदवारी दर्ता गराउनु पर्छ । आयोगले दलित र अल्पसंख्याकलाई भने छुट दिएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend