Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर १ सय ७० रुपैयाँः डिजेल प्रतिलिटर रु. १ सय ५३


    बिहिबार, जेष्ठ १९ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको हो । 

    निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    सरकारले बजेटमार्फत् कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो ।

    घटेको मूल्य आज  (बिहीबार) राति १२ बजेदेखि लागू हुने छ । अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार