Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सफ्टवेयरको सोर्स कोड चोरी गरी बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ


    बिहिबार, जेष्ठ १९ २०७९
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले सफ्टवेयरको सोर्स कोड (कम्‍प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका १ किहुँ घर भएका ३५ वर्षीय सन्तोष सिग्देल रहेका छन् । उनले ललितपुर सानेपामा म्‍याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गर्दै आएका छन् । 

    ‘राजस्व व्‍यवस्थापन’ नामक सफ्टवेयरको सोर्स कोड चोरी गरी बौद्धिक सम्‍पत्तिमा आघात पुर्‍याएको भन्‍दै प्रहरीको साइबर ब्‍यूरोले पक्राउ परेको हो । उनले उक्त सफ्टवेयरको सोर्स कोड चोरी गरी विभिन्‍न स्थानीय तहमा बिक्री गर्दै आएका थिए । 

    पक्राउ परेका सिग्देलविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्‍यूरोले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार