Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता


    बिहिबार, जेष्ठ १९ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • अछाम ।  अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट प्यानलसहित उम्मेदवारी दर्ता भएको छ । 

    जेठ २१ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनको लागि एमालेले दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बताए । मंगलसेन नगरपालिका वडा नम्बर ६ बाट वडा सदस्यमा निर्वाचित भण्डारीलाई पार्टीले सिफारिस गरेपछि समन्वय प्रमुखमा उम्मेदवारी दर्ता गरिएको हो । 

    दुई पालिका प्रमुख र ४ पालिका उपप्रमुख जितेको एमालेले गठबन्धनविरुद्ध प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । 

    नेकपा एमालेका तर्फबाट समन्वय समिति उपप्रमुखमा पुतली रावलको उम्मेदवारी दर्ता भएको छ । यसैगरी सदस्यमा भूपेन्द्र महता, भानसिंह साउद, बज्जीर थापा, सुरत कामी, जमुना बिक, झुप्री कुमारी केसी र निर्मला भुलले उम्मेदवारी दर्ता गरेको एमाले जिल्ला सचिव भीमबहादुर रावलले जानकारी दिए । 

    कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट नेपाली कांग्रेसले प्रमुख, उपप्रमुखसहित ७ सदस्य तथा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक/एक सदस्य पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार