Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • बैदेशिक रोजगारमा एक महिनामै पाँच करोड ठगीः शैक्षिक परामर्श सेवा कि म्यानपावर ब्यवसाय ? 


    बिहिबार, जेष्ठ १९ २०७९
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शैक्षिक परामर्श सेवा दिने कार्यालय खोली करोडौं ठगी गर्ने गरेको खुलेको छ । पछिल्ला दिनमा शैक्षिक परामर्शको बोर्ड राखी ठगी गर्ने गरेका उजुरी बैदेशिक रोजगार विभागमा धेरै पर्ने गरेका छन् । विभागका अनुसार शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारमा पठाउने भनेर करोडौं ठगी गरेको पाइएको छ ।

    कन्सल्टेन्सीहरूले रोजगारमा पठाइदिने भन्दै लाखौं रूपैयाँ लिने र रोजगारमा समेत नपठाउने गरेको पाइएको विभागले बताएको छ । बैदेशिक रोजगारमा पठाउने भनेर पैसा लिने र कन्सलटेन्सीका सञ्चालक फरार भएपछि विभागमा उजुरी पर्ने क्रम बढेको छ ।

    त्यसरी ठगी गर्ने केही कन्सलटेन्सीहरुमा इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्रालि र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालिले १४४ जनाबाट साढे ४ करोड रूपैयाँ लिएको र संचालकबिरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता भएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार