Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाेखरा-१८ मा ३ मतले चुनाव हारेपछि थापाले हाले मुद्दा


    बिहिबार, जेष्ठ १९ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पाेखरा । पाेखरा महानगरपालिका-१८ काे वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।

    उनले चुनावमा खसेकाे मतभन्दा ९ मत कम भएकाे भन्दै त्यसकाे खाेजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयाेग, मुख्य निर्वाचन अधिकृतकाे कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन् । 

    याे वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेकाे थियाे । गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएकाे थियाे । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएकाे थापाकाे आराेप छ । 

    थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुन: गणनाकाे माग सहित निवेदन दिएका थिए । तर पुनः गणना हुन सकेन ।

    `हारजित स्वभाविक हाे । लाेकतन्त्रमा निर्णय मान्नुपर्छ,´ उनले भने, `तर खसेकाे मत त देखाउनुपर्याे नि । खसेकाे ९ मतकाे जवाफ चाहियाे । उनले सत्य तथ्य छानबिन गरेर पुनः मतगणनाकाे माग राखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार