Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पल शाहकाे मुद्दाबारे उच्च अदालतमा बहस चल्दै


    बिहिबार, जेष्ठ १९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाेखरा । बलात्कार आराेपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहकाे साधारण तारेख मागसम्बन्धी निवेदनमा  उच्च अदालतमा वहस सुरु भएकाे छ ।

    न्यायधीश  द्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका छन् । पल शालकाे ५ जना र प्रतिवादीकाे तर्फबाट २ जना वकिलले बहस गर्दैछन् ।

    उच्च अदालत पाेखरामा शाहकाे तर्फबाट वकिलहरुले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए । १० चैतमा  उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेकाे थियाे । १५ चैतमा  उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी  निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी  सरिसकेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार