Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तामाकोसी किनारमा पुरुषको शव भेटियो


    बिहिबार, जेष्ठ १९ २०७९
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दोलखा । दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।

    तामाकोसी गाउँपालिका–५ किर्नेटार स्थित तामाकोसी नदिकिनारमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए ।

    तामाकोसी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

    घटनास्थलमा पुगी प्रहरीले अनुसन्धान गरी शव चरिकोटस्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा ल्याएर राखेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

    फेला परेको शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

    शव पूरै सडेको अवस्थामा भेटिएको र व्यक्तिको पहिचान भई नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले कोही व्यक्ति हराएको भए प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार