मुगु । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट छायाँनाथ रारा नगरपालिकाको उपमेयरमा पराजित भएका बलराम साहनी नगर कार्यपालिकाको सदस्यमा गठबन्धनबाटै निर्वाचित भएका छन् ।
हालै सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा साहनी अल्पसंख्याक तथा दलित समुहबाट कार्यपालिका सदस्यामा निर्वाचित भएका हुन् । नेकपा माओवादी र नेकपा एसबीचकाे गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी ऐश्वर्या मल्लसँग उनी पराजित भएका थिए । पराजित साहनीलाई कार्यपालिका सदस्यमा गठबन्धनलेनै उम्मेदवार बनाएको थियो ।
साहनीसहित नगर कार्यपालिकामा सातै जना सदस्य गठबन्धनबाटै निर्वाचित भएका छन् । कार्यपालिकामा साहनीले ४४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण लावडले २७ मत प्राप्त गरेका थिए।
गठबन्धनबाट कार्यपालिकाका खुला सदस्यमा कृष्ण कुलाल, महिला समस्यामा चन्दादेवी रोकाया, राति कार्की, रमाईली बुढा, सुन्चौरा कामी, अबिसरा नेपाली, निर्वातिच भएका थिए । नेकपा माओवादी केन्द्रबाट राजबहादुर विक निर्वाचित भएका हुन् । कार्यपालिकाको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend