Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नगरकार्यपालिका महिला सदस्य पदमा निर्विरोध चयन


    बिहिबार, जेष्ठ १९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । राजविराज नगरपालिकाको नगरकार्यपालिका महिलातर्फ सदस्य पदमा निर्विरोध चयन भएका छन् । जनता समाजवादी पार्टीबाट ३ र नेपाली  कांग्रेसबाट २ जना नगरकार्यपालिका सदस्य पदमा निर्विरोध चयन भएका हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजका अनुसार जनता समाजवादी पार्टीबाट रेखादेवी मण्डल, घुरनी देवी रजक साँफी, मञ्जु कुमारी खड्का रजक र नेपाली कांग्रेसबाट सोनी कुमारी रजक, ललिता देवी कर्ण रहेकी छिन् ।

    राजविराज नगरपालिका नगरकार्यपालिका महिलातर्फको ५ सदस्य पदका लागि भएको मनोनयन दर्तामा अरु कसैको उम्मेदवारी नपरेकाले उनीहरुलाई निर्विरोध घोषणा गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    दलित अल्पसंख्यकतर्फको ३ पदका लागि भने निर्वाचन गरिने जनाएको छ । दलित वा अल्पसंख्यक खुल्ला सदस्यतर्फ जसपाबाट ईलिवास मियाँ, मो. बसिर, मनोज कुमार साह र माओवादी केन्द्रबाट केदार देव एमालेबाट धिरेन्द्र बर्माले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार