Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तकोसी नदीमा हाम फालेका लिम्बुको सकुशल उद्धार


    बिहिबार, जेष्ठ १९ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी करिब ७ : १५ मिनेटतिर हाम फालेका ४१ वर्षी बुधुन्द्रप्रसाद लिम्बुको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।

    लिम्बु झापाको कमल गाउँपालिका–५ का हुन् । सप्तकोशी पुलको बीचको नोजबाट उनी नदीमा हाम फालेका थिए । 

    लगत्तै उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेका हुन् ।

    उद्धार गरी लिम्बुलाई घर पठाइएको खड्काले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार