Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांस्कृतिक कार्यक्रम हेरेर फर्किँदा अपहरण, अपहरणपछि सामूहिक बलात्कार


    बिहिबार, जेष्ठ १९ २०७९
    430
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कपिलवस्तु ।  सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया बालिकाको अपहरणपछि बलात्कार भएको प्रहरीले जनाएको छ । 

    बलात्कार गरेको आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिकाका छ जना युवालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका वडा नम्बर– ५ का निरज कार्की, वडा नम्बर– ४ का राहुल सिंजाली, सुलभ केसी, वडा नम्बर– ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा रहेका छन् । 

    मङ्गलबार राति करिब ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अपहरण भएको थियो । 

    घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा रुपन्देही कञ्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अपहरण गरेको सूचना पाएपछि रातिदेखि प्रहरीले खोजतलास गरेको थियो । 

    सोही क्रममा बुधबार मध्याह्न उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए । 

    अनुसन्धानको क्रममा उनीहरूले बालिकालाई अपहरण पछि कञ्चन गाउँपालिका– ३ रुद्रपुरमा लगी बलातकार गरेको खुलेको उनले बताए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार