उदयपुर।त्रियुगा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले पद बहाली गरेका छन् ।
बस्नेत र राईले सपथसँगै पद बहाली गरेका हुन् । बस्नेतले उपप्रमुख तथा वडाअध्यक्षहरुलाई सपथ खुवाएर पद बहाली गरेका हुन् । बस्नेतले बुधबार त्रियुगा नगरपालिकाको कार्यकक्षमा पद बहाली गरे ।
उपप्रमुखले राईले पनि सपथ पश्चात पद बहाली गरिन् । उनीहरु दुवैले त्रियुगा नगरपालिकाको आ–आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन् ।