काठमाडाैं । टायरमा समस्या देखिएपछि झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ ।
भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल स्राेतले जानकारी दिएकाे छ ।
६९ जना यात्रु सवार रहेकाे फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।
स्राेतका अनुसार जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको छ ।