Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँले घट्यो


    बुधबार, जेष्ठ १८ २०७९
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार करमा १० रुपैयाँ घटाएको छ । 

    मंगलबार अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको हाे ।

    उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि यसअघि पूर्वाधार शीर्षकमा  उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर हटाउन भनेको हो । 

    योसँगै अब पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई राहत मिल्ने भएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम १८० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार