काठमाडौं । होटेलमा बसेर जुवा खेलिरहेका नौ जनालाई प्रहरीले काठमाडौं-१६ माछापोखरीबाट पक्राउ गरेको छ ।
उनीहरुलाई एक लाखभन्दा बढी नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । ती जुवाडेहरु माछापोखरीमा रहो सुलभ न्यौपानेको होटेलमा जुवा खेलिरहेको र प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको बताइएको छ ।
केही थान ताससहित पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।