Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हराएको जहाज खोज्न आर्मीको हेलिकोप्टर लार्जुङ पुग्यो


    आइतबार, जेष्ठ १५ २०७९
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता जहाज खोज्‍न नेपाली सेनाको हेलिकोप्टर मुस्ताङ पुगेको छ । आइतबार बिहान १० बजेर ७ मिनेटपछि तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो ।

    खराब मौसमका बीच सेनाको हेलिकोप्टर सम्भावित दुर्घटना क्षेत्रतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ । उक्त हेलिकोप्टर लार्जुङमा ल्यान्ड भैसकेको बताइएको छ।

    यस्तै, सोही हेलिकोप्टर फर्किएर थप उद्धारकर्मी लैजाने तयारी छ । चालकदलसहित २२ जना सवार जहाज लेते र लार्जुङ क्षेत्रमै दुर्घटना भएको हुन सक्ने आशंका गरिएकाे छ । तर, पुष्टी भएको छैन । स्थानीयले ठूलो आवाज सुनेको भनेपछि त्यस क्षेत्रमा खोजी केन्द्रित गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार