Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गाँजा ओसार्न प्रयोग गरिएको अटोसहित दुई जना पक्राउ


    शनिबार, जेष्ठ १४ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कलैया । अटो र  लागूऔषध गाँजासहित दुई जनालाई प्रहरी चौकी पथलैयाले शुक्रबार बिहान पक्राउ गरेको छ ।

    बाराका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले  ना २ ह २८८८ नम्बरको अटोमा राखेर हेटौडाबाट जितपुरसम्म ल्याउँदै गरेको ३५ किलो लागू औषध गाँजसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका १३ का संजय स्याङतान र भुवन तितुङ्गलाई पक्राउ गरिएको बताएका छन् ।

    पथलैया चोकमा प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले चेकजाँचको गर्दा झोला भित्रमा लुकाएर अटोमा राखिएको अवस्थामा गाँजा बरामद गरेपछि गाँजाबारे थप अनुसन्धान शुरु गरिएको उपरीक्षक देउवाले बताए ।

    मकवानपुरमा उत्पादन गरिने लागूऔषध गाँजालाई गाँजा तस्कर समुहले भरियामार्फत् ढुवानी गराएर बारा, पर्सा हुने भारतमा समेत लैजाने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार