Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिपुलेक र कालापानीको नक्सा छापिएको पुस्तक ओलीले नै बितरण गर्न रोकेका हुन्ः पूर्व शिक्षामन्त्री पोखरेल


    शनिबार, जेष्ठ १४ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्ने क्रममा ३ घन्टासम्म सत्ता गठबन्धनका नेताहरुमाथि गालीगलौज गर्नमा बढी खर्च गरे । ओलीले त्यसक्रममा राष्ट्रियताको बिषयमा बोल्ने क्रममा कालापानी र लिपुलेकको भूमिका बारेमा कुरा उठाएका थिए ।

    ओलीले आफू प्रधानमन्त्री हुँदा कालापानी र लिपुलेकसहितको नक्सा समेटिएको पुस्तक बितरण नै रोकेको आरोप शनिबार प्रतिनिधिसभामा बोल्ने क्रममा पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले लगाएका छन् । 

    ओली प्रधानमन्त्री हुँदा शिक्षामन्त्री रहेका पोखरेलले लिपुलेक र कालापानीको नक्सासहितको पुस्तक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै रोकेको रहस्य खोलिदिएका छन् । ओलीले जतिसुकै राष्ट्रवादी देखाउन खोजे पनि पोखरेलले कालापानीको नक्सा उनले नै रोकेको रहस्य खोलेर उनको पोल खोलिदिएका छन् । ‘रअ’ का प्रमुख सामन्त गोयललाई मध्यरातमा बालुवाटारमा भेटेपछि नै ओलीको नक्कली राष्ट्रवाद छताछुल्ल भएको थियो ।

    चुच्चे नक्सा छापिएको पुस्तक बितरण ओलीकै दबाबमा रोकिएको थियो । तर उनी अहिले लिपुलेक र कालापानीको कुरा राजनीतिक दाउपेचका लागि मात्र उठाएका हुन् भन्ने कुरा उनले पुस्तक बितरण रोकेर गरेका थिए ।

    त्यतिमात्र होइन, ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्रफल सार्वजनिक गर्नसमेत रोकेका थिए । तत्कालीन भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्याललाई नापी विभागका महानिर्देशक प्रकाश जोशीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभागको क्षेत्रफल समेटेर २०७७ असोजमा प्रतिवेदन दिएको थियो । तर तत्कालीन मन्त्री अर्याललाई उक्त क्षेत्रफलको प्रस्ताव मन्त्रिपरिषदमा पेश नै गर्न नदिई भूमिब्यवस्था मन्त्रालयकै दराजमा राख्न लगाउने पनि ओली नै थिए । तिनै ओलीले अहिले कालापानी, लिपुलेकको कुरा उठाएपछि पूर्वशिक्षा मन्त्री पोखरेलले उनको वास्तविकता प्रतिनिधिसभामा राखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार