Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट


    शनिबार, जेष्ठ १४ २०७९
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इन्दिप कोइराला 

    बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठक्कर ठोक्किँदा दुर्घटना भएको छ । दुई ट्रक मध्ये एक ट्रकमा आगलागी भएर जलेर नष्ट भएको छ ।

    उपमहानगरपालिकाको वडा नम्बर-२२ स्थित तीन नम्बर पुल र ४ नम्बर पुलको मोडमा शनिबार दुईवटा ट्रक आपसमा ठोक्किएका हुन् ।

    accident.jpg

    हेटौंडाबाट बारा आउँदै गरेको ना ६ ख ३२८६ नम्बरको ट्रक र बाराबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ४२४२ नम्बरको मिनी ट्रक पुलको मोडमा ठोक्किएको प्रहरीले जनाएको छ ।

    उक्त दुर्घटनामा ना६ख ३२८६ नम्बरको ट्रकको तार सट भई जलेर नष्ट भएको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार