Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्यान्सर पीडितलाई परदेशीएका अर्घाखाँचीवासीको सहयोग


    शनिबार, जेष्ठ १४ २०७९
    710
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • अर्घाखाँची । क्यान्सर रोगबाट पीडित अर्घाखाँचीका एक बिरामीका लागि रोजगारीको सिलसिलामा मुलुक बाहिर रहेका अर्घाखाँचीवासी युवाले आर्थिक सहयोग गरेका छन् ।

    सन्धिखर्क नगरपालिका-१० बेल्टारी घर भई सन्धिखर्कमा बसोबास गर्दै आएका क्यान्सर पीडित प्रेमबहादुर थापालाई अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चले आर्थिक सहयोग गरेको हो ।

    मञ्चका अध्यक्ष रञ्जित क्षत्री,  महासचिव दामोदर भुसाल, कोषाध्यक्ष हरि कुँवरसहितले थापाको घरमै पुगेर नगद १० हजार आर्थिक सहयोग गरेका हुन् ।

    फोक्सोको क्यान्सरबाट थलिएका ४० वर्षीय थापाको काठमाडौं हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा किमो चलिरहेको छ । थापाका श्रीमती, दुई छोरी र ६ महिनाका एक छोरा रहेका छन् ।

    यस्तै थापालाई आज नै सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा रहेको प्रगतिशील स्वास्थ्य आमा समूहले समेत सहयोग गरेको छ । समूहका तर्फबाट प्रकाश भुसालले नगद पाँच हजार एक सय हस्तान्तरण गरेका हुन् ।

    लामो समय कतारमा मजदुरी गरेर केही वर्षअघि अर्घाखाँची फर्किएका थापाले सन्धिखर्कमा इलेक्ट्रिक पसल सन्चालन गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार