Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हरिजनको मृत्युबारे छानबिन समिति गठन


    शनिबार, जेष्ठ १४ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले रोल्पा कारागारमा बन्दी सुन्दर हरिजनले झुन्डिएर आत्महत्या गरेको घटनाबारे छानविन गर्न एक कार्यदल गठन गरेको छ । हरिजनको मृत्युबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ ।

    कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ । समितिलाई घट्ना सम्बन्धमा स्थलगत रूपमा समेत अध्ययन अनुसन्‍धान गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

    गृह मन्त्रालयले समितिको प्रतिवेदन प्राप्त भएपछि घटनाबारे सत्यतथ्य उजागर हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गरिने पनि बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार