काठमाडौं । संघीय संसदमा अहिले सरकारले गत मंगलबार पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी छ । विगत तीन दिनदेखि जारी छलफलमा सांसदहरुले नीति तथा कार्यक्रममाथि आआफ्नो विचार राखिरहेका छन् ।
यही क्रममा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले कर्णाली प्रदेशमा रहेका जोखिमपूर्ण सडकको कुरा संसदमा उठाए । दैलेख क्षेत्र नं २ का सांसद बुढाले वर्षेनी सयौँको ज्यान जाने कर्णालीका सडकको स्तरोन्नती गर्नुपर्ने माग राखे ।
‘कर्णालीका सडकलाई सरकारले राजमार्ग भन्ने गरेको छ । तर, कर्णालीका जनताले यसलाई राजमार्ग स्वीकार गरेका छैनन्,’ उनले प्रश्न गरे, ‘यो मृत्युमार्गलाई कहिले, कुन नीतिले राजमार्गमा परिणत गर्ने हो ।’
उनले सवारी दुर्घटनामा परी घाइते हुनेहरूलाई सरकारले समयमै उद्धार गर्न सकेको भए घाइतेहरू बाँच्न सक्ने बताए । उनले जोखिमयुक्त सडकबारे सरकारलाई गम्भीर हुन आग्रह गरे ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend