Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतको यो वेबसाइट जसले चिकित्सकलाई मात्र जुराइदिन्छ जोडी


    शनिबार, जेष्ठ १४ २०७९
    555
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी ।तपाईंले जीवनमा त्यस्ता धेरै वेबसाइटहरू देख्नु भएको होला जसले पुरुष वा महिलालाई विवाहको लागि सुझाव दिन्छन् । यी साइटहरूमा हरेक पेसाका मानिसहरू भेटिन्छन् । 

    तर, के तपाईंले कहिल्यै यस्तो डेटिङ साइट देख्नुभएको छ जहाँ केबल एउटै पेसाका मानिसहरूका लागि बनाइएको छ? डाक्टरहरूका लागि एक विशेष डेटिङ साइट भारतमा चर्चामा छ, जसले डाक्टरहरूलाई मात्र जोडी मिलाउने काम गरिरहेको छ ।

    अडिटी सेन्ट्रल वेबसाइटको रिपोर्टअनुसार मेडिको लाइफ पार्टनर नामको भारतीय डेटिङ साइट आजभोलि चर्चामा छ  र सामाजिक सञ्जालमा यसको निकै आलोचना पनि भइरहेको छ ।

    डाक्टरहरूलाई मात्र स्वीकार गर्ने मेडिको लाइफ पार्टनर नामक  डेटिङ साइटबारे विवाद बढेको हो । यसले वर्गवादलाई बढावा दिएको धेरैले आरोप लगाएका छन् । मेडिको लाइफ पार्टनर एक अनलाइनमार्फ जोडी मिलाइदिने साइट हो जसले पुरुष र महिला डाक्टरहरूलाई उच्च गुणस्तरका साथी खोज्न मद्दत गर्ने दाबी गरिएको छ ।  
    वेबसाइटले सबै धर्म, जाति र भूगोलका डाक्टरहरूले दर्ता गर्न सक्ने जनाएको छ । केही हदसम्म  भारतमा यो लोकप्रिय भएको देखिन्छ । 

    जात, धर्म र समुदायको आधारमा पहिलेदेखि नै विभेद रहेको भारतमा एउटा जागिर र एउटै वर्गको मात्रै प्रचारप्रसार गर्ने साइटको अस्तित्व नै गलत भएको कतिपयको  भनाइ छ ।

    यस साइटमा दर्ता गर्ने व्यक्तिहरूले निःशुल्क योजना लिन पनि सक्छन् जसमा उनीहरूले अरू कसैको फोन नम्बर देख्न वा सन्देश गर्न सक्दैनन् । ३ हजार८२५ भारु र १८ हजार ९०० भारुको प्याकेज पनि छ जसमा उनीहरुले अझ राम्रो सुविधा पाउँछन् । साइटको विवरणमा पनि केहि लेखिएको छ जुन मानिसहरूलाई आपत्तिजनक लाग्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार