उदयपुर । उदयपुरको सबैभन्दा दुर्गम गाउँपालिकाको रुपमा चिनिने ताप्ली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ढुंगराज विकले एक वर्षभित्रै ताप्लीको सबै ठाउँमा बिजुली पु¥याउने घोषणा गरेका छन् । शनिवारका कार्यभार सम्हाल्दै उनले यस्तो बताएका हुन् ।
यस गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा विक र नेपाली कांग्रेसबाट उपाध्यक्षमा धनम मगर निर्वाचित भएका छन् । नवनिर्वाति अन्य जनप्रतिनिधिले पाँच वर्षभित्र असक्त, अपांगता भएका, एकल महिला, दलित समुदायको स्वास्थ्य बिमा गरिसक्ने उद्घोष गरेको छ ।
उनीहरूले जेहेन्दार विद्यार्थीलाई एमबीबीएस, इन्जिनियरिङ अध्ययानको लागि वार्षिक १० लाखका दरले पाँच बर्षमा ५० लाख रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको बताए । सामाजिक सुरक्षा भत्ता वडा र घर घरसम्म पु¥याउने, सबै सेवा वडाबाटै दिनसक्ने व्यवस्था मिलाउने योजना रहेको बताए ।
संञ्चार पहुचबाट समेत पछि रहेको पालिकाको सबै क्षेत्रमा फोन र इन्टरनेट चल्दैन । यो समस्या पनि चाडै हल गर्ने उनीहरूको भनाइ छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन नभएको दाबी गरेका छन्। बिचौलियाका रूपमा चर्चामा रहेका इनम सापकोटाको भनिएको...
काठमाडौं । नेपाल भ्रमणका क्रममा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गरे चुप नबस्ने चेतावनी दिएका छन्। ललितपुरले बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने...
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर...
काठमाडौं । नोपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (वालेन)सँग शिष्टाचार भेट गर्दै छन् । भेटघाटको काम सकेर उनी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend