काठमाडौं । संसद् बैठकमा सामान्यतः सांसदले जनताका पिर मर्का र विकासका एजेन्डा लिएर सहभागी हुन्छन् । शनिबार भने एक सांसद ताला र चाबी लिएर पुगे ।
उनी हुन्– नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महत । जुम्ला– १ का सांसद महतले सभामुखलाई उक्त ताला र चाबी बुझाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति साङ्केतिक विरोध गर्दै उनले उक्त ताला र ताबी सभामुखलाई बुझाएका हुन् ।
त्यस क्रममा उनले भने ‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिरा’छ । त्रासमै थिएँ म । अहिले पनि ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर म चिन्तामै छु । त्यसो भएको हुनाले उहाँहरूले धित मरुञ्जेल गाली गर्नुहुन्छ ।
फेरि, धित मरेपछि अवरोध गर्न खोज्नुहुन्छ । ताला लगाउन खोज्नुहुन्छ । त्यसकारण मैले ताला र चाबी ल्याएको छु, सभामुख महोदय । तपाईंहरू धित मरुञ्जेल बोल्नुहोला । त्यसपछि हामी बोल्नेबेला ताला चाबी लगाइदिनुहोला ।’
त्यसअघि उनले जुम्लाको तातोपानी–३ मा कांग्रेस कार्यकर्ताले निर्वाचन जितेपछि माओवादी कार्यकर्ता धर्मराज रावललाई ढुङ्गाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भइ हाल ट्रमा सेन्टरको आइसीयुमा रहेको र मुद्दा पनि पीडकविरुद्ध दर्ता नभएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन नभएको दाबी गरेका छन्। बिचौलियाका रूपमा चर्चामा रहेका इनम सापकोटाको भनिएको...
काठमाडौं । नेपाल भ्रमणका क्रममा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गरे चुप नबस्ने चेतावनी दिएका छन्। ललितपुरले बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने...
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर...
काठमाडौं । नोपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (वालेन)सँग शिष्टाचार भेट गर्दै छन् । भेटघाटको काम सकेर उनी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend