Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा विविध कार्यक्रम 


    शनिबार, जेष्ठ १४ २०७९
    540
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला । आज २८ मे  अर्थात अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस । विश्वभर आज विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइदै छ ।  यही क्रममा जुम्लामा पनि चन्दननाथ–९ का ४० भन्दा बढी महिलालाई स्यानिटरी प्याड विततरण गरिएको छ ।

    एसएनभी नेपाल, मित्र नेपाल, पेस नेपाल र चन्दननाथ नगरपालिका–९ वडाको कार्यालयको आयोजनामा  महिनावारीका विषयमा विभिन्न छलफल तथा चेतनामूलक कार्यक्रम गरिएको छ । 

    कार्यक्रममा महिनावारी मैत्री शौचालय भए नभएको, महिनावारी हुँदा गरिने खानेपिन तथा सरसफाई बारे छलफल गरिएको छ । कार्यक्रममा किशोरीहरूमा महिनावारी बारे पर्याप्त सूचनाको अभाव रहेको र त्यसले उनीहरूको शिक्षा र स्वास्थ्यमा असर परेको एसएनभी नेपालका नन्दलाल धरालाले बताए । 

    महिनावारी प्राकृतिक प्रकृया हो । महिनावारी हुनु आमा बन्न तयार हुनु हो । महिनावारी स्वच्छता कार्यक्रममा चन्दननाथ  नगरपालिकाका उपमेर रामदेवी खड्काले गम्भीर समस्याको रुपमा रहेको छाउपडी प्रथालाई न्युनकरणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताइन । 

    उनले भनिन, ‘न्युन आय भएका महिलालाई महिनावारी स्वच्छता कायम गर्न समस्या परेको छ । ’ उनले दिवसको रुपमा नभएर सबै कुरा ब्यवहारमा लागु गर्नु पर्ने बताइन । उपमेयर खड्काले महिनावारी हुँदा सबैभन्दा बढी पोषिलो खाने कुरा खान र  सरसफार्इमा ध्यान दिन आग्रह गरिन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार