Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • निर्देशनबाट पुनरागमन गर्दै इमरान खान


    शनिबार, जेष्ठ १४ २०७९
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मुम्बई । फिल्म ‘जाने तू या जाने ना’ बाट बलिउडमा डेब्यू गरेका अभिनेता इमरान खान फिल्मबाट अहिले टाढा छन् । अभिनेता आमिर खानका भाञ्जा समेत रहेका इमरान सामाजिक सञ्जालमा पनि उति सक्रिय छैनन् । अब भने इमरानले फिल्ममा पुनरागमन गर्ने तयारी गरेका छन् ।

    इमरानको फिल्मी पुनरागमन अभिनेताका रुपमा नभई निर्देशकका रुपमा हुँदैछ । इमरान अभिनित पछिल्लो फिल्म ‘कट्टी बट्टी’ सन् २०१५ मा रिलिज भएको थियो । यो फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन । 

    फिल्म असफल भएपछि उनी पनि अभिनय करियरबाट टाढिएका थिए । फिल्मबाट टाढिएपछि उनले प्रेमिका अवन्तिकासँग विवाह गरे । तर, दुर्भाग्य अहिले अवन्तिकासँगको सम्बन्धविच्छेदका कारण इमरान चर्चामा छन् ।

    इमरान निकटका अनुसार उनी अब निर्देशनमार्फत फिल्ममा फर्कने तयारीका लागि स्क्रिप्टको काम गरिरहेका छन् । उनी सन् २०२३ बाट सुटिङ सुुरु गर्ने योजनामा छन् । ‘इमरान लामो समयदेखि निर्देशनमा आउन चाहन्थे । 

    उनलाई अब अभिनयभन्दा पनि निर्देशनमा आउने चाहना छ । त्यही चाहना पूरा गर्न जोडतोडका साथ काम गरिरहेका छन्,’ उनी निकट स्रोतले भन्यो । उनी आफूले निर्देशन गर्ने फिल्ममा अभिनय गर्छन् या गर्दैनन् भन्ने चासो आम दर्शकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार