Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्य निर्वाचन अधिकृतको कार्यालय मिडियामैत्री नभएको आरोप


    शनिबार, जेष्ठ १४ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । उदयपुरको आठ स्थानीय तहमध्ये त्रियुगा नगरपालिकाको मतगणना सुचना संकलनमा समस्या भएको सञ्चारकर्मीहरूको आरोप छ । सात वटा पालिकाको मतगणनाको सूचना संकलनमा सकस महसस नभएको तर सुविधासम्पन्न ठाउँ सदरमुकामा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सहयोग नभएको उनीहरूको गुनासो छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्रकारलाई फोटो, भिडियो खिच्न रोक लगाएको, गणनास्थलमा प्रवेश नदिने त कहिले मत परिणामको सूचनामा ढिला गरी दिनाले समाचार सम्प्रेसणमा सकस परेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकारीहरूले फोन समेत नउठाउने हुँदा सूचना संकलनमा समस्या भएको हो ।

    मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले ढिलाई हुनुमा कम्प्युटरमा डाटा अपडेटको क्रममा सुत्रमा समस्या आएकाले तोकिएको समयमा सूचना दिन नसकिएको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिडियामैत्री सूचना व्यवस्थापन गर्न नसक्दा समस्या भएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार