Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रीमानले श्रीमतीलाई कुटपिट गरी गुप्ताङ्गमा हात हालेर पाठेघर निकालिदिएपछि…


    शुक्रबार, जेष्ठ १३ २०७९
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्दक बनाई कुटपिट गरी पाठेघर निकालीदिएका छन् ।

    खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति आफ्नी श्रीमतीको पाठेघर निकालिएका हुन् । श्रीमतीलाई कोठाभित्र थुनेर बन्दक बनाइ कुटपिट गरि गुप्ताङ्गमा हात हालेर पाठेघर निकालिदिएको प्रहरीले बताएको छ।

    कुटपिटबाट घाइते श्रीमतीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। आरोपित रामचन्द्रलाई पक्राउ गरी अनुसन्धान गर्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख अनोज विश्वकर्माले जानकारी दिए । घटनापछि स्थानीयले रामचन्द्रलाई समातेर प्रहरीलाई बुझाएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार