उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटस्थित पुरानो नगरपालिका त्रियुगा नगरपालिकाको पाँच वटा वडाको मत गणना सकिएको छ । वडा नम्बर १४, १५, १६, १ र २ वडा नम्बरको मत गणना सकिएको हो । वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोजकुमार चौधरीको प्यानल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
त्यसैगरी वडा नम्बर २ मा नेकपा एमालेका घमानसिंह खत्री दोस्रो कार्यकालमा लागि निर्वाचित भएका हुन् । वडा नम्बर १६ मा गठबन्धनका नेकपा माओवादी केन्द्रका मानबहादुर राईको प्यानलले अत्यधिक मतका साथ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । वडा नम्बर १४ मा गठबन्धनका हिमराज मगरको प्यानल र १५ नम्बरमा गठबन्धनका गणेशप्रसाद तिम्सिनाको प्यानलै निर्वाचित भएका छन् ।
त्रियुगा नगरपालिका वडा नम्बर १ मा मनोजकुमार चौधरीले ७६२ मत सहित पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार नारायणप्रसाद ढकालले ४८२ मत पाए । विजयी वडासदस्यहरूमा अर्जुनकुमार चौधरी, तेजबहादुर बस्नेत रहेका छन् । महिला सदस्यमा श्यामकुमारी राई विजयी बनेकी छिन् भने दलित महिला सदस्यमा आरती सदा निर्वाचित भएका छन् ।
त्यसैगरी त्रियुगा नगरपालिका वडा नम्बर १६ मा वडाध्यक्षमा मानबहादुर राई निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट राईले ९ सय ३२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबहादुर मगरले ३ सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका विष्णुबहादुर मगरले १ सय ३६ मत प्राप्त गरेका थिए । राई सहित वडामा प्यानलै विजयी भएको छन् ।
महिला सदस्यमा गोमा कार्कीले ८८० मत प्राप्त गरेकी छिन् भने दलित महिला सदस्य कुन्ती परियारले ८७५ ल्याई विजयी बनेका छन् । खुल्ला सदस्यहरूमा घमनसिंह राईले ८४८ मत ल्याई विजयी बनेका छन् भने अर्का खुल्ला सदस्य राम नारायण श्रेष्ठले ८२८ मत ल्याई विजयी भएका छन् । राई नेकपा माओवादी र नेकपा एसको संयुक्त गठबन्धनका वडाध्यक्ष उम्मेदवार हो । वडाध्यक्ष राईको पुन दोस्रो कार्यकाल हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend