बारा । बाराको सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर प्रमुख किशोरीप्रसाद साहले गराएको शपथग्रहण बहिष्कार गरेका छन् ।
कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरूले लोकतान्त्रिक समाजवादी पार्टीबाट नगर प्रमुखमा निर्वाचित भएका साहले गराएको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका हुन् । सिम्रौनगढ नगरपालिकाको सभा हलमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख साहबाट शपथ नलिने अडान लिएका थिए ।
प्रमुख निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले वडा अध्यक्ष र सदस्यहरूले नगरप्रमुखबाट नै शपथ ग्रहण गर्ने कानुनी व्यवस्था रहेको जानकारी गराउँदा पनि उनीहरूले शपथ लिन इन्कार गरेका थिए ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि नगर प्रमुख साहले अन्य दलबाट निर्वाचित जनप्रतिनिधिहरूलाई मात्रै राखेर शपथ गराएका थियो ।
शपथ ग्रहण नगर्ने जनप्रतिनिधिहरूले पदभार पनि ग्रहण गर्न नसक्ने भन्दै नगर प्रमुख साहले निर्वाचन अधिकृत गुप्तालाई लिखित जानकारी गराएका थिए ।
शपथग्रहणपछि नगर प्रमुख साहले पदभार पनि ग्रहण गरेका छन् । पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख साहले किसानलाई वितरण गरिएको कृषि मिटरको रकम नगरपालिकाले चुक्ता गर्ने र नगरभित्रका ३२ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यमको पठनपाठन सञ्चालन गर्न निर्णय गरेका छन् ।
११ वटा वडा रहेको सिम्रौनगढमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा ८, लोसपाबाट ३ र नेकपा एकीकृत समाजवादीबाट १ जना वडा अध्यक्षमा निर्वाचित भएका छन् । नगरपालिकाको उपमेयरमा पनि लोसपा विजयी भएको छ ।
यसैबीच हिजो शपथग्रहण बहिष्कार गरेका कांग्रेसका वडा अध्यक्षहरूले नगरपालिका कार्यालयमा पुनः शपथग्रहणको माग गर्दै आज धर्ना दिइरहेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend