Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पीएसजीले जापान भ्रमण गर्ने


    बिहिबार, जेष्ठ १२ २०७९
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ड जर्मेन (पीएसजी)ले एसियाली मुलुक जापान भ्रमण गर्ने भएको छ । 

    बिहीबार क्लबले समरमा जापान भ्रमण गर्ने बताएको हो । 

    पीएसजीले आफ्नो पहिलो टिम नै जापान भ्रमण गर्ने बताएको छ । उसले २०२२–२३ सिजन अघि आफ्ना फ्यानसँग भेट गर्न भ्रमण हुने जानकारी गराएको छ ।  

    पीएसजीले आफ्नो पहिलो टिमका स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे सहित सर्जियो रामोस र मार्किन्होस टिमसँगै रहने संकेत गरेको छ । 

    यस सिजन क्लबले ३८ खेलमा ८६ अंक जोड्दै फ्रेन्च लिगको उपाधि जितेको थियो । यद्यपि क्लब च्याम्पियन्स लिगमा भने सेमिफाइनलाबाटै बाहिरियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार