बीरगंज । भन्सार छली गरी ल्याइएका सामानसहित २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिल विजक भन्दा बढी बिभिन्न किसिमका इलेक्ट्रोनिक तथा खुद्रा मालवस्तुहरू बोकेका ती ट्रक पर्सा प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार वीरगञ्ज महानगरपालिका वडा नं. १६ माईदिया पोखरी अगाडी बाईपास सडकखण्डमा नियन्न्त्रणमा लिएको छ ।
बागमती प्रदेश ०१–००३ क ९३०४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक भन्दा बढी तथा शंकास्पद देखिएकोमा उक्त ट्रक नियन्त्रणमा लिएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिएका छन् ।
चेकजाँचका क्रममा ती ट्रकमा ४० लाखबराबरका विद्युतीय सामान रहेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद ट्रक राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।