Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम एक अर्बमुनि खुम्चियो


    बिहिबार, जेष्ठ १२ २०७९
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सेयर बजार नेप्से परिसूचक बिहीबार सामान्य अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ८.०३ अंकले वृद्धि भई नेप्से २२ सय ३९ दशमलव ६ अंकमा पुगेर बन्द भएको छ ।

    नेप्सेमा कारोबार रकम भने एक अर्बभन्दा मुनि खुम्चिएको छ । नेप्सेमा बिहीबार २३ लाख  २४ हजार ६ सय ६४ कित्ता सेयर किनबेच भई ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बुधबार कारोबार एक अर्ब चार करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार र नेप्से परिसूचकमा १४.३२ अंकले सुधार आएको थियो ।

    नेप्से परिसूचक वृद्धि  भए पनि कारोबार रकममा भने निरन्तर खुम्चिँदै गएको छ। बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.३९ अंकले बढेर चार सय ३६.४७ अंकमा पुगेको छ । नेप्सेमा दुई सय २२ कम्पनीको सेयर खरिदबिक्री भएकोमा एक सय ५०  कम्पनीका लगानीकर्ताले नाफा कमाए । यस्तै ८६ कम्पनीका लगानीकर्ता आज गुमाएका छन् । १५ कम्पनीको सेयर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।

    नेप्सेमा बिहीबार एक मात्र मेगा बैंकको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । मेघा बैंकको सेयर मूल्यमा २२ रुपैयाँ ५० पैसा बढेर दुई सय ४७ रुपैयाँ ५० पैसा पुगेर बन्द भयाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार