Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झलनाथ खनालले भने- निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे


    बिहिबार, जेष्ठ १२ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भएको बताएका छन् । 

    प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भएको बताए । 

    प्रतिपक्षी दल एमालेले निर्वाचन धाँधलीपूर्ण रहेको आरोप लगाइरहेका बेला पूर्वप्रधानमन्त्री खनालले शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगबाट चुनाव सम्पन्न भएको दाबी गरेका हुन् ।  एकाध स्थानमा भएका घटना सामान्य रहेको र यसको समीक्षा गर्नुपर्ने उनको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार